रौतहटमा वडाअध्यक्ष साहद्वारा प्रतिक्षालयकाे दुरुपयोग


रौतहट, पुस २१ । रौतहटका कटहरिया नगरपालिका वडा नं ८ पिप्रापाेखरिया टोलमा अवस्थित प्रतिक्षालयको दुरुपयोग गरिएको छ । सो वडाका अध्यक्ष समिस बिक्रम साहले नेपाली काङ्ग्रेसबाट निर्वाचित भएपछि आफ्नो कार्यकालमा निर्माण भइरहेको प्रतिक्षालय निजी कामकाजकाे लागि प्रयोग गरिरहेको स्थानीयले बताएका छन् ।
नगरपालिकाकाे आर्थिक सहयाेगबाट निर्माण भइरहेको प्रतिक्षालय दुरुपयोग गर्दै एक जना गाउँका नेपाली काङ्ग्रेसको कार्यकर्ता बिरेन्द्र साहले आफ्नो निजि कामकाजकाे लागि प्रयाेग गरिरहेको पाइएको छ । बिरेन्द्र वडा अध्यक्ष साहको मामा रहेकाले उनले कुनै किसिमको चाँसो नराखेको गाउँका एक जनाले बताए ।
प्रतिक्षालय वडा कार्यालय भन्दा पश्चिम पट्टीमा रहेको हुनाले वडा अध्यक्षका मामाले निजी कामकाे लागि प्रयोग गरिरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।सर्वसाधारण बस्नका लागि बनाईएकाे सार्वजनिक सम्पत्ति प्रतिक्षालयलाई वडा अध्यक्षका आसेपासेहरुले प्रयोग गर्दै आइरहेका छन् ।























