देवाही गोनाही-६ कर्कचमा रामललाको प्राण प्रतिष्ठा महोत्सवको दिन राम जाप यज्ञ हुने


रौतहट, पुस २० । माघ १ गतेको दिन हुने रामललाको प्राण प्रतिष्ठा महोत्सवका उपलक्ष्यमा तराई मधेसको ठाँउ ठाँउमा राम यज्ञ हुने भएको छ ।
सोही अवसर पारी देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच कर्मैया गाउँका स्थानीयहरुले रामललाको प्राण प्रतिष्ठा महोत्सवको दिन राम जाप यज्ञको आयोजना गर्ने भएको छ । वडा प्रत्यासी डा.पवनकुमार ठाकुर र समाजसेवी राजकुमार साहको विशेष नेतृत्वमा सो यज्ञ हुने छन् । आज रामजानकी मठ अर्थात् ठाकुर बाबाको मठमा एक कार्यक्रमका बीच सो निर्णय भएको हो ।
डा.ठाकुरका अनुसार सबै हिन्दूहरुका लागि यो गर्भका बिषय रहेको हुनाले भारतको अयोध्यामा हुने रामललाको प्राण प्रतिष्ठा महोत्सवको उपलक्ष्यमा यहाँ पनि सामुहिक रुपमा राम सीताको पुजा गरि राम जि लाई गाउँमा बोलाइने छ । गाउँको गूठी मठ गुमनाम हुँदै गएको र सो यज्ञबाट मठ धर्म पुर्ण आउने विश्वासका साथ सामुहिक रुपमा यज्ञको आयोजना गरेको उनले बताए । सो यज्ञमा मन भएमा जो कोहिले पनि सहयोग गर्न सकिने बताए । साथै सबैले सकेसम्म सहयोग गर्नका लागि अनुरोध समेत उनले गरेका छन् ।
“रामललाको प्राण प्रतिष्ठा महोत्सव भारतका लागि मात्र न भइ हाम्रो लागि पनि उतिकै महत्त्वका दिन रहेको हुनाले हामी पनि तामझामका साथ राम जिको स्वागत गर्ने छौँ” ठाकुरको भनाइ छ । कर्कच स्थानीय बासीहरु अगामी माघको १ गते अर्थात १५ जनवरीदेखि पुजामा सहभागी भइ माछा मासु तथा मदिरा जस्ता पदार्थ सेवन नगर्नका लागि अनुरोध गरेका छन् । सहयोग गर्न मन लागेमा राजकुमार साहलाइ सहयोग राशि जम्मा गराउन अनुरोध गरेका छन् ।























