समाचार

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

जगत ठाडा मगर
२०८० पुस २१ | बिहान १०:०९ बजे

चितवन, पुस २१ । चितवनको भरतपुर महानगरपालिका–२३ मा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गैंडाले आक्रमण गर्दा घैलाघारीका ६० वर्षीय पूर्ण बहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो ।

वडाध्यक्ष दवाडीका अनुसार घैलाघारी सामुदायिक वनभित्र बोटेको लास भेटिएको हो । घटनाको थप विवरण आउँन बाँकी छ ।

कमेन्टहरु