देश

पत्रकारले अब जाँच दिनुपर्ने, सरकारले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान बनाइँदै

नवलपुर टुडे
२०७८ जेष्ठ २१ | मध्यान्ह ०५:०२ बजे

काठमाडौ । सरकारले अब पत्रकारका लागि पनि जाँच लिने व्यवस्था गर्न लागेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए ।

मन्त्रिपरिषद्का विभिन्न समयमा निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँगको सवाल जवाफका क्रममा गुरुङले अब पत्रकारका लागि पनि जाँच लिने व्यवस्था गरिने बताएका छन् । उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश स्वीकृतिका लागि सञ्चार मन्त्रालयले अर्थमन्त्रालयमा पठाएको पनि जानकारी दिएका छन् ।

अर्थले बजेटको ग्यारेन्टी गरेको अवस्थामा यो प्रतिष्ठान गठनले गति लिनेछ । ‘पत्रकारको जाँच लिने आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश स्वीकृतिका लागि सञ्चार मन्त्रालयबाट अर्थ मन्त्रालयमा पठाइएको छ’, उनले भने, ‘अब पत्रकारले पनि जाँच दिनुपर्छ ।’

गुरुङले निजामती कर्मचारीहरुले पनि उच्च तहमा पुग्न स्टाफ कलेज गर्नुपरेको दृष्टान्त सुनाए । ‘सहसचिव-सचिव हुन स्टाफ कलेज गर्नुपर्ने अनिवार्य व्यवस्था छ’, उनले भने, ‘पत्रकारका कारण कहिलेकाहीँ देशको शिर झुक्ने अवस्था आएकाले अब जाँच लिन्छौँ । पत्रकारको हकमा यो योजना ‘गेम चेन्जर’ हो ।’

कमेन्टहरु