४ दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

रासस
२०८० पुस २१ | बिहान ०७:०९ बजे

सिमकोट, पुस २१ । चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी शुक्रबार मृत फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए ।
यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए ।
गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए ।























