देश

नेपालभर भ्वाइस कल सित्तैमा दिन्छौं, डाटाको मूल्य आधा घटाउँछौं : चौधरी ग्रुप

नवलपुर टुडे
२०७८ जेष्ठ २१ | मध्यान्ह ०४:०२ बजे

काठमाडौ । नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको सिजी कम्युनिकेशनले जनाएको छ । लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमतिपत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान कानूनी प्रक्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट पारेको छ ।

भारतमा सिम किनेपछि अल इण्डिया भ्याईस सित्तैमा, इन्टरनेटपनि सिमिततामा सित्तैमा छ । सिजी टेलिकमले नेपालमा पनि त्यही गर्छौ भनिरहेका छन् । कम्पनीले स्सिताबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बताए ।

उनले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने कानूनी व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको जानकारी दिए । केही दिन अघि सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराइने घोषणा गरेको थियो ।

उपभोक्ताकेन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सिजीले व्यक्त गरेको छ ।

कमेन्टहरु