मनोरन्जन

कलाकार अशेष डंगोलले ‘हाउस अफ ब्लुज’ फाउन्डेसनमा सांगितिक प्रस्तुति दिएर रचे इतिहास

जगत ठाडा मगर
२०८० पुस २० | मध्यान्ह ०५:०९ बजे

काठमाडाैं । नेपाली विश्वचर्चित अन्तरार्ष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलले ब्लुज म्युजिक ‘हाउस अफ ब्लुज’ फाउन्डेसन रुममा सांगितिक प्रस्तुति दिएर इतिहास रचेका छन् ।

पुस १४ गते भएकाे कार्यक्रममा बेस गीतारमा प्रवेश काफ्ले र ड्रममा आयुष डंगोल ‘द म्याड हनि’ ले साथ दिएका थिए ।

अशेषले ९० मिनेटको अवधिमा आफ्ना मौलिक गीतहरू जात्रा भाइब, कस्मिक भाइब, फङ्क भाइब ब्लुज, ग्रीड, इन्सर्च टुअर्ड फ्रीडम, तिमीलाई म आदि आफ्ना एल्बमहरूका साथै जिमी हेन्ड्रिक्सका तीन कभरहरू र एउटा परम्परागत ब्लुज गीतहरू बेजाेड प्रस्तुत दिएका थिए ।

आगामी सांगितिक प्रस्तुती क्यालिफोर्निया सक्काएर संयुक्त राज्य अमेरिका भ्रमण गरेर जनवरीमा आफ्नो मातृभूमि नेपालमा फर्किने कार्यक्रम रहेकाे छ ।

कमेन्टहरु