सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जगत ठाडा मगर
२०८० पुस २० | मध्यान्ह ०४:०९ बजे

सर्लाही, पुस २० । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैया अस्पतालको विषयलाई लिएर भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको ज्यान गएको छ । उनको टाउकोमा गोली लागेको थियो । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार मेयरको घरअगाडि राखिएको एउटा गाडीमा आगजनी भएको छ । अहिले सर्लाही क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले दर्जनौँ राउण्ड गोली र अश्रुग्यास पनि प्रहार गरेको छ ।























