गण्डकी प्रदेश, घटना

कावासोतीमा गैडाको आक्रमणबाट एक बृद्ध गम्भीर घाईते

नवलपुर टुडे
२०८० पुस १९ | मध्यान्ह १२:०९ बजे
गैडाको आक्रमणबाट गम्भीर घाईते महतो ।

कावासोती, पुस १९ । नवलपुरको कावासोतीमा गैडाको आक्रमणबाट एकजना बृद्ध घाईते भएका छन । घाईते हुनेमा कावासोती नगरपालिका- ७ बस्ने ६५ बर्षका पतिराम महतो रहेका छ्न ।

उनी आज बिहान १० बजेको समयमा कावासोती नगरपालिका- ८ स्थित मनकामना सामुदायिक बनमा दाउरा खोज्ने क्रममा एक्कासी गैडाको आक्रमणबाट घाईते भएका हुन ।

उनको अहिले कालिगण्डकी नारायणी सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । उनको दाहिने खुट्टामा चोट लागेको छ, भने अबस्था गम्भीर रहेको (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

415620698 1345399749671576 1734752297587361835 n

घटना स्थलमा प्रहरी टोली खटी गएकोसमेत पौडेलले बताए ।

कमेन्टहरु