कपिलवस्तु अस्पतालका ३ जना कर्मचारी निलम्बन
धर्मेन्द्र कुमार कुर्मी
२०८० पुस १८ | मध्यान्ह ०७:०९ बजे

कपिलवस्तु । डियुटीमा लाहपरबाही गरेको भन्दै कपिलवस्तु अस्पताल ईमजेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका छन ।
गत पुस ३ गते मध्यरातमा ईमरजेन्सी फाँटको बेडमा कुकुर सुतेको सामाजिक संजालमा भाईरल बनेको थियो । त्यही बिषयमा अस्पताल प्रशासनको सोमवार बसेको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेव र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुन।
कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको थियो । अस्पतालमा रहेका सिसि क्यामेरा फुटेज चेक गरे पछि उक्त कुरा खुलेको थियो । मेसु बिपिन जैसवालले लाहपरबाही गर्ने ३ जनालई निलम्बन गरिएको बताए । अस्पतालमा लाहपरबाही गर्ने कसैलाई पनि नछाडिने उनले बताए ।























