जिल्ला अदालत काठमाडौ परिसरबाट हड्कडीसहित थुनुवा फरार

जगत ठाडा मगर
२०८० पुस १८ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट एकजना ठगी मुद्दाका थुनुवा फरार भएका छन्। बुधबार दिउँसो अदालतबाट फरार भएका हुन्।
जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जानकारी दिए।
उनका अनुसार फरार थुनुवाबारे खोजि कार्य भइरहेको छ।























