समाचार

राष्ट्रिय सहकारी महासंघको चुनावी सरगर्मी बढ्यो

जगत ठाडा मगर
२०८० पुस १८ | मध्यान्ह ०३:०९ बजे

काठमाडौ, पुस १८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कण्डेललाई सहकारी बिभागको नेतृत्व सुम्पिनसाथ देशभर सहकारी संघ गठन गरी राष्ट्रिय सहकारी महासंघको निर्वाचनका लागि तयारी गरेको छ ।

यहि पुस २७/२८ गते राष्ट्रिय सहकारी महासंघको महाधिवेशनको लागि नेपाली कांग्रेसले राष्ट्रिय रुपमा सहकारी संघलाई तीव्रता दिएको हो ।

यसअघि पुस ७/८ मा सम्पन्न बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रिय संघ नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको अधिवेशनमा कांग्रेस निकट चन्द्र ढकालको नेतृत्वमा नेफ्स्क्युन जितेका थिए ।

यसअघि नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलको नेतृत्वमा सहकारी विभाग थप गरेका थिए ।

श्री सभापति ज्यू,
सम्पूर्ण ७७ वटै जिल्ला कार्य समिति
बिषय: विवरण उपलब्ध गराइदिनु हुन ।
उपर्युक्त विषयमा देशैभर रहेका सहकारीहरुको केन्द्रिय संघ सहकारी महासङ्घको यहि पौष २७ र २८ गते साधारण सभा एवम् महाधिवेशन काठमाडौंमा हुन गईरहेको व्यहोरा जानकारी गर्दछु ।

सोही सन्दर्भमा उक्त महाधिवशेनको प्रतिनिधिहरु जिल्ला स्तरीय सहकारी संघहरुबाट प्रतिनिधित्व गर्ने व्यवस्था रहेकाले यहाँहरुको जिल्लाबाट कतिवटा संघबाट कतिजना प्रतिनिधि हुनुहुन्छ त्यसमध्ये लोकतन्त्रवादी साथीहरु कति हुनुहुन्छ सोको विवरण पठाइ दिनुहुन अनुरोध गर्दछु । साथै हरेक संघबाट हाम्रा साथीहरुलाई प्रतिनिधि पठाउन आवश्यक पहल समन्वय गरि दिनुहुन समेत अनुरोध गर्दछु । नाम दर्ता गर्ने मिति २०८०।९। २२ गतेसम्म भएको जानकारी गर्दै सोही अनुरुप गर्न गराउन हुन अनुरोध गर्दछु तथा उक्त विवरण एवम् जानकारी केन्द्रिय कार्यालयमा पौष २३ गतेसम्म पठाइ दिनु हुनसमेत अनुरोध गर्दछु ।

यहि पौष ७ र ८, २०८० मा सम्पन्न भएको सम्पूर्ण बचत तथ ऋण सहकारी संस्थाहरुको केन्द्रिय संघ नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको अधिवेशनमा यहाँहरुको साथ र सहयोगले सञ्चालक समितिको अध्यक्ष र लेखा सुपरिवेक्षण समितिको संयोजकसहित गठबन्धनबाट ६ जना निर्वाचित हुनुभएको व्यवहोरा जानकारी गर्दै यहाँहरुको साथ र सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमासमेत यहाँहरुको साथ सहयोगको अपेक्षा व्यक्त गर्दछु । सहयोगका लागि धन्यवाद । जय नेपाल !

नोटः विस्तृत जानकारी तथा समन्वयका लागि भानुभक्त ढकाल मो. ९८५१०३४०५८

कमेन्टहरु