समाचार

न्युज टाईम्स टेलिभिजनको कार्यालय अगाडिबाट पत्रकार शाहको मोटरसाइकल चोरी

जगत ठाडा मगर
२०८० पुस १८ | मध्यान्ह १२:०९ बजे

धनुषा, पुस १८ । न्युज टाईम्स टेलिभिजनको कार्यालय अगाडिबाट मोटरसाइकल चोरी भएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामको वडा नम्बर ९ मा पर्ने संकटमोचन मन्दिर र बाग्वानीको बीचमा रहेको न्युज टाईम्स टेलिभिजनको कार्यालय अगाडिबाट पत्रकार दिपेश कुमार शाहको बा २७ प ४३२९ नम्बरको कालो “होण्डा साइन” मोटरसाइकल चोरी भएको हो ।

यस्तै गोबिन्द कुमार यादवको नाममा रहेको प्रदेश २ ०२००४ प ८४३१ नम्बरको ब्लु “सलुतो” मोटरसाइकल राती करिब २:०० बजेको समयमा वडा नम्बर १४ स्थित ईलाका प्रहरी कार्यालय मुजेलीयामा चोरी गरेका एक व्यक्तिसहित फेला परेको कन्ट्रोल रुममा फोन गर्दा प्रहरीले जानकारी दिएको छ ।

साथै, सो बिषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कमेन्टहरु