म्याजिक गाडीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु


रौतहट, पुस १७ । म्याजिक गाडीको ठोक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएकाे छ ।
रौतहटको गौरबाट बमनहरतर्फ जाँदै गरेको ना २ ज ७१०९ नम्बरको म्याजिक गाडीले चन्द्रनिगाहपुरबाट आउँदै गरेको बिआर ०६ डिए ७६६४ नम्बरको मोटरसाईकललाई गौरस्थित दालमिल नजिकै ठक्कर दिँदा मोटरसाइकल चालक भारत बिहार मोतीहारी ग्राम बन्जरियाका अन्दाजी ३५/४० वर्षीय सुशील यादव गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मोटरसाइकलको पछाडि सवार १७ वर्षीय नन्टुन कुमार सामान्य घाइते भएको प्रहरीले जनाएको छ । म्याजिक चालक धादिङको नौबिसे – ४ स्थाइ घर भइ हाल चन्द्रपुर – ५ बस्ने ३९ वर्षीय सुनिल राईलाई गाडीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनलेे बताइन् ।






















