समाचार

सशस्त्र प्रहरी बलद्वारा एक महिने फायर फाइटिङ तालिम सम्पन्न

जगत ठाडा मगर
२०८० पुस १७ | मध्यान्ह ०९:०९ बजे

राजेन्द्र महतो
काठमाडौ, पुस १७ । सशस्त्र प्रहरी बल नेपालले अग्नि नियन्त्रणका लागि सप्तरीमा एक महिने तालिम सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीले विपद व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुन:स्थापना जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा आगलागीको जोखिम बढ्दै गएकाले फायर फाइटिङ तालिम प्रदान गरिएको जनाएको हो ।

जिल्लाको कञ्‍चनरुप नगरपालिका -२ बरमझिया  स्थित कार्यालयको तालीम भवनमा समपन्न तालिममा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी विपद् जन्य विशेष प्रकृतिका तालिमहरु थप संचालन गर्दै लैजाने र स्थानीय निकायहरुमा यस्ता प्रकृतिका तालिमहरुले विपदजन्य घटनाहरुमा सशस्त्र प्रहरी बल नेपालको परिचालनले समुदायिक स्तरमा थप प्रभावकारिता ल्याउने जानकारी दिए ।

उनले बहुप्रकोप जोखिमयुक्त सहरी क्षेत्रमा विपद जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहेको
बताए । गत मसिर १७ गतेदेखि संचालन भएको सो  फाईटिङ्ग (अग्नि नियन्त्रक) तालिम पुस १७ गते भब्य रुपमा सिमुलेशन एक्ससाईज गरी समपन्न  भएको छ ।

तालिममा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटहरुबाट ४९ जना सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा डेमोस्ट्रेशन अवलोकनका लागि कञ्‍चनरुप नगरपालिकाको उप-प्रमुख, विभिन्न वडाका वडा अध्यक्ष लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । उक्त डेमोस्ट्रेश कार्यक्रममा व्यवहारिक जिवनमा आईपर्ने घटना क्रमहरुको परिकल्पना गरी दमकललाई प्रयोग गर्ने तरिका¸ विभिन्न ठुला भवन, अपार्टमेन्टहरुमा आगलागी भएको अवस्थामा भवन भित्र रहेका ब्यक्तिहरुलाई कसरी उद्धार गरिन्छ भनी सो सम्बन्धी डेमोस्ट्रेशन प्रदर्शन गरिएको थियो ।

त्यसैगरी बाक्लो बस्तिहरुमा आगलागी भएमा कसरी आगलागी नियन्त्रण र उद्धार कार्य गरिन्छ भन्ने अवस्थाको डेमोस्ट्रेशन देखाईएको थियो । साथै बर्सेनी भान्सा कोठामा ग्यास सिलिण्डरबाट हुने आगलागी र सोबाट मानिसहरु घाईते हुने तथा जनधनको क्षतिलाई न्यूनिकरण गर्न के-कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ र सो सम्बन्धी सन्देश मुलक पर्दशनी र फायर एक्स्टिङ्ग्गाइजरको प्रयोग विधिबारे समेत जानकारी गराईएको थियो ।

कमेन्टहरु