शिक्षा

लेखक हेम प्रसाद साहलाई पिएचडीको उपाधी

दिपेश कुमार शाह
२०८० पुस १७ | मध्यान्ह ०८:०९ बजे

रौतहट, पुस १७ । रौतहटको कटहरिया नगरपालिका – ८ पिप्रा पोखरीया निवासी लेखक हेम प्रसाद साहलाई पीएचडीको उपाधी प्रदान गरिएको छ ।

साहलाई जर्मनीको हेसेन इन्टरनेशनलले इंग्लिश लिट्रेचरमा पीएचडीको प्रमाणपत्र प्रदान गरेको हो । पुस्तक लेखन तथा प्रकाशन क्षेत्रमा पाँच दर्जन भन्दा बढी पुस्तक लेखी नेपाली शिक्षा जगतमा उल्लेखनीय योगदान र उदाहरणीय भूमिकाको कदर गर्दै हुसैन इन्टरनेशनल युनिभर्सिटीको सिनेट्ले साहलाई पीएचडीको लागी सिफारिस गरेको थियो ।

सन २०२४ जनवरी १ को दिन भारतको राजस्थान, जयपुरमा सम्पन्न दिक्षान्त समारोहमा बलिवुडकी सुपरस्टार अभिनेत्री महिमा चौधारीको हातबाट साहलाई प्रमाणपत्र दिइएको हो ।

कमेन्टहरु