बुटवलको मिलनचोकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

जगत ठाडा मगर
२०८० पुस १७ | मध्यान्ह ०५:०९ बजे

बुटवल, पुस १७ । बुटवलको मिलनचोकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मंगलबार दिउँसो सवा ३ बजेतिर बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले बुटवल उपमहानगरपालिका-८ मिलनचोकमा अन्दाजी ४० वर्षीय साइकलयात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।
मृतकको पहिचान भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । अहिले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






















