हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुप परासीद्वारा रामग्रामका पत्रकारहरुलाई स्वास्थ समाग्री हस्तान्तरण

नवलपुर टुडे
२०७८ जेष्ठ २० | मध्यान्ह ०७:०२ बजे

नवलपरासी । आज पश्चिम नवलपरासीको परासीमा हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुप द्वारा रामग्राम नगरपमलिका भित्रका सकृय पत्रकारहरुलाई मास्क , सेनिटाईजर लगाएतकाे स्वास्थ्य समाग्री हस्तान्तरण गरेकाे छ ।

हेल्पिङ्ग हैन्डकाे फेसबुकद्वारा विभिन्न जिल्लाका युवाले आर्थिक सहयोग सङ्कलन गरि स्वाथ्य समाग्री हस्तान्तरण गरेकाे हाे । विगतकाे दिनमा विभिन्न गरिब परिवारलाई राहत पनि वितरण गरिएको हेल्पिङ्ग हैन्ड का राम प्रसाद पाैडेले जनाएका छन् ।

हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा , उपाध्यक्ष मालति न्याैपाने , सचिव राजकुमार रेश्मी , पुर्व अध्यक्ष केसव पराजुली , रेडियो परासी का प्रबन्धक मेघराज गाैतम , पत्रकार सुरेश यादव , बिकास अधिकारी , माेहन पाैडेल र अलि हुसैन लगाएको उपस्थिति रहेकाे थियाे ।























