दुर्घटना

रौतहटमा ट्यांकरको ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु

जगत ठाडा मगर
२०८० पुस १७ | बिहान ११:०९ बजे

रौतहट, पुस १७ । रौतहटमा तेल बोक्ने ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

सोमबार बेलुका साढे ७ बजे चन्द्रनिगाहपुरस्थित चिडिया दहचोकमा ज १ झ ४४८५ नम्बरको ट्यांकरले प्रदेश २-०३-००१ ख १९२७ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

ठक्करबाट अटोमा सवार ६ जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा दुई जनाको मृत्यु भएको डिएसपी गिरीले बताइन् । 

मृतक ४० वर्षीया पिंकु सिंह र २० वर्षीय अब्देश राम छन् । अन्य घाइतेको उपचार जारी छ । उनीहरूको अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु