समाचार

गृहमन्त्री श्रेष्ठले पुलिस क्लब पुगेर छुटाए जनमत पार्टीका नेताकार्यकर्तालाई

जगत ठाडा मगर
२०८० पुस १६ | मध्यान्ह ०४:०९ बजे

काठमाडौँ, पुस १६ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाएका छन् । 

सोमबार निषेधित क्षेत्र माइतीघर मण्डलामा ‘राष्ट्रिय धोती दिवस’को कार्यक्रम गरेपछि कार्यक्रममा सहभागी पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ता पक्राउ परेका थिए । माइतीघर मण्डलामा प्रवेश गर्न रोक लगाउँदा पनि जबर्जस्ती प्रवेश गर्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा लगिएको थियो ।

अध्यक्ष राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत ५२ नेताकार्यकर्तालाई उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले पुलिस क्लब पुगेर छुटाएका हुन् ।

कमेन्टहरु