भुमी सुधार तथा मालपोत कार्यालय नवलपरासीलाई नेपाल लेखापढी एसोसिएसनले लेख्यो पत्र


रामजि प्रजापति
परासी । पश्चिम नवलपरासीको रामग्राममा रहेको भुमी सुधार तथा मालपोत कार्यालय परासीलाई सुध्रिन र सक्षम तरीकाले सेवा प्रवाह गर्न र कार्यालय व्यवस्थापन समेतको लागी नेपाल लेखापढी एसोसिएसनले पत्र लेखेको छ ।
भुमि सुधार तथा मालपोत कार्यालयनवलपरासी (ब. सु. प.) का कार्यालय प्रमुख मालपोत अधिकृत गोविन्द प्रसाद बराललाई नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन नवलपरासीका अध्यक्ष चौथी प्रसाद कोहार, पुर्व अध्यक्ष नारायण बहादुर श्रेष्ठ, सचिव गणेष राज रेग्मी, सदस्य ज्ञानु न्यौपाने लगायत कार्यसमितीका पदाधिकारीहरुको रोहबरमा, भुमी सुधार तथा मालपोत कार्यालय परासीलाई सुदृढ र सक्षम तरीकाले सेवा प्रवाह गर्न र कार्यालय व्यवस्थापनसमेतको लागी पत्र प्रेशित गरिएको जानकारी अध्यक्ष चौथी प्रसाद कोहारले जानकारी दिनुभएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय परासी नवलपरासी (ब. सु.प.) मा सेवा लिन आउने विभिन्न सेवाग्राहीहरुबाट कार्यालयद्वारा प्रदान हुने सेवा सुविधा सम्बन्धी जन गुनासो बढ्दै गइरहेको अवस्था सर्व वितितै छ ।
अत: सेवा ग्राहीहरुको जन गुनासोलाई मध्ये नजर गरी कार्यालयद्वारा प्रदान गरिने जग्गा, जमिन सम्बन्धी कारोबार कार्यालयको भौतिक पुर्वधारसमेतलाई सुधार गर्नु पर्ने अवस्था भएकोले यस नेपाल लेखापढी कानून व्यवसायी एसोसीएशन परासी नवलपरासीको मिति २०७०/०९/०६ गतेका दिन बैठक बसि कार्यालयको भौतिक पूर्वधार लगायतका कार्यालय व्यवस्थापन सम्बन्धी निर्णय भए बमोजिम तपशिल बमोजिम भए गरेमा सेवाग्राहीहरको काम काजमा टेवा पुग्ने भन्ने विश्वासका साथ यो पत्र प्रेशित गरीएको जानकारी अध्यक्ष कोहारले दिनुभयो ।
पत्रमा ……..
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई अति आवश्यक पर्ने शौचालयमा पूर्ण रुपले दुर्गन्धले भरी पूर्ण अवस्थामा रहेका हुँदा यथाशिघ्र शौचालय मर्मत गर्न गराउनहुन ।
शौचालयसंग जोडिएर रहेको कोठामा कम्प्युटर सर्भिस शाखा कार्यालयको पुरै काम गर्नु गराउनु परेको हुँदा उक्त ठाउँमा एकातिर शौचालयको दुर्गन्ध र एकातिर सेवा ग्राहीहरुको अत्याधिक भिड हुने भएकोले उक्त भिडलाई व्यवस्थित गर्नको लागी कम्प्युटर शाखा रजिष्ट्रेशन (क) र रजिष्ट्रशन ( ख ) तिर गरी दुई ठाउँबाट सेवा लिन दिन गर्न गराउन हुन ।
भूमिसुधार तथा मालपोत कार्यालय जनाताको सम्पति राख्ने सम्वेदन सिल कार्यालय भएकोले नेपाल अधिराज्यको विभिन्न जिल्लाबाट घर जग्गा रजिष्ट्रेशन पारित समेत गर्न गराउन सेवाग्राही आउँछन् । तर यस भूमि सुधार तथा मालपोत कार्यालय परासी नवलपरासी (ब.सु.प) मा कार्यरत विभिन्न तहका कर्मचारीज्युहरु अधिकांश रुपमा वा-आफ्नो फाँटमा बसि सेवा ग्राहीको सेवा पुर्याएको अवस्था नदेखिएको कारणले विभिन्न जिल्लाबाट सेवा लिन आउने सेवा ग्राहीको काम नभएको हुदा उक्त कार्यालय ब्यवस्थापनमा असर नपर्ने गरी सेवा प्रदान गर्नु हुन ।
नेपाल सरकारद्वारा भुमि सुधार तथा मालपोत कार्यालय परासीमा पुर्ण रुपले अनलाइन मार्फत कार्य गर्दै आईरहेको तर कार्यालयमा रहेको रोक्का रजिस्टर गाउँ ब्लक लगायतका विभिन्नस्रेस्ताहरु कम्प्युटरमा इन्ट्रि नभएको कारणले भुसेवा केन्द्र मार्फत कार्य गर्न नमिल्ने अवस्था रहेको देखिँदा कार्यालयको दस्तावेजहरु पुर्ण रुपले इन्ट्रि गर्न गराउन हुन ।
भु- तथा मालपोत कार्यालय नवलपरासीमा न.प.जिल्ला लगायत बाहिर जिल्लाबाट समेत सेवा लिन आउने सेवा ग्राही ठिक १० बजे सेवा लिन फाँट फाँटमा उपस्थित भएपनि कार्यलयको कर्मचारीहरु कार्यालयले तोकेको समय भित्र फाँटमा उपस्थित नहुने गरेको देखिँदा सो सम्बन्धमा समेत सेवा ग्राहीलाई सेवा पुग्ने गरि गर्नु गराउन हुन ।
























