धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका सिके राउतसहित ५१ जना पक्राउ

जगत ठाडा मगर
२०८० पुस १६ | बिहान ११:०९ बजे

काठमाडौँ, पुस १६ । धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ५१ जना पक्राउ परेका छन् । उनीहरुले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर माइतीघरतर्फ अघि बढेका थिए । सोही क्रममा प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो । प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको छ ।
अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।























