देश

नवलपुरको सर्दिमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

नवलपुर टुडे
२०७८ जेष्ठ २० | मध्यान्ह ०५:०२ बजे

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दी पाखापानीमा गए राति लु ५५ प ९८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दुई जना सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी पाल्पा माछागढी निवासी २७ बर्षीय हर्कबहादुर डिस्वा मगरको मृत्यु भएको हो ।

मोटरसाइकल चालक विनयी त्रिवेणी गाउँपालिका सर्दी निवासी २७ बर्षीय कपिल भुसाल र मोटरसाइकलमा सवार २८ बर्षीय सागर भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

कमेन्टहरु