गण्डकी प्रदेश, दुर्घटना

गैडाकोटमा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजना घाइते

नवलपुर टुडे
२०८० पुस १५ | मध्यान्ह ०९:०९ बजे

नवलपुर, पुस १५ । नवलपुरको गैडाकोट नगरपालिका- ८ नगरपालिका कार्यालय अगाडी दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको ग.प्र. ०४-००१प २८०२ नम्बरको मोटरसाइकल र विपरीत दिसातर्फ जाँदै गरेको ना ५९ प ४६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किन जाँदा दुवै मोटरसाइकलका चालक घाइते भएका हुन् ।

२८०२ नम्बरको चालक देवचुली नगरपालिका- १२ बस्ने बर्ष २७ को खेम बहादुर पौडेलको बायाँ खुट्टामा चोट लागेको र ४६५ नम्बरको चालक गैडाकोट नगरपालिका- ११ बस्ने बर्ष २६ को कर्ण बहादुर थापाको बाया खुट्टामा चोट लागेको नवलपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

उनीहरुको उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर लगिएको छ । दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।

कमेन्टहरु