देश

माधव नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक शुरु

नवलपुर टुडे
२०७८ जेष्ठ २० | मध्यान्ह ०२:०२ बजे

काठमाडौं । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । आगामी रणनीति तय गर्नको लागि उक्त समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

बैठक भर्चुअल माध्यमबाट सुरु भएको एक नेताले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितका ११ जना सांसदलाई पार्टीबाट निश्काषन गरेपछि पहिलोपटक केन्द्रीय सदस्यहरुको बैठक बसेको हो ।

यसअघि स्थायी कमिटीको बैठक बसेको थियो । आजको बैठकमा ओली पक्षसँग वार्तामा सक्रिय नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र गोकर्ण विष्ट पनि सहभागी छन् ।

पछिल्लो समय उनीहरु माधव नेपाललाई थाहै नदिई ओली पक्षसँग वार्तामा बसेको भनेर आलोचना भैरहेको छ । तर, उनीहरुले आफूहरुले नेता नेपालले अघि सारेको बटमलाइनमा बसेर नै एकताको प्रयास गरेको स्पष्ट पार्दै आएका छन् ।

कमेन्टहरु