घटना, दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु

उमेश रोकाया
२०८० पुस १३ | मध्यान्ह ०२:०९ बजे

बाजुरा । बाजुराका युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परेर मृत्यु भएको छ । बिहिवार साँझ गौमूल गाउँपालिका नजिकै मालिवनमा जीप दुर्घटनामा परि नाथको ज्यान गएको हो ।

नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएकाे छ । जीप नाथ आफैले चलाएका थिए ।

३४ वर्षका नाथको ज्यान गएको प्रहरीले जानकारी दिएका छन् । गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं. को जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिएका छन् ।

कमेन्टहरु