आज नेपाल र चाइनिज ताइपेई बीच फिफा विश्वकप अन्तरगत दोस्रो चरणको छनोट खेल हुँदै

नवलपुर टुडे
२०७८ जेष्ठ २० | बिहान ०८:०२ बजे

काठमाडौँ । सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कप अन्तर्गत दोस्रो चरणको छनौट खेलमा नेपालले आज चाइनिज ताइपेविरुद्ध खेल्दैछ ।
टटस्थ मैदानको रुपमा कुवेत सिटीमा हुने खेल नेपाली सयम अनुसार आज राति ९:४५ बजे सुरु हुनेछ । कोरोना सङक्रमणका कारण नेपालले आफ्ना तीन खेल कुवेतमा खेल्न लागेको हो ।
खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौसमका कारण खेल्न कठिन हुने बताउनु भएको छ ।























