समाचार

पर्सामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

जगत ठाडा मगर
२०८० पुस ९ | मध्यान्ह ०५:०९ बजे

पर्सा, पुस ९ । पर्सामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका – २ थरकट्टिका ३२ वर्षीय मनोज उरावँ धाँगडको बाघको आक्रमणमा परि ज्यान गएको हो ।

हिजो आइतबार बेलुका ६ बजेतिर गाउँ भन्दा करिब दुई सय मिटर उत्तर जङ्गलमा शौच गर्न गएका उनी राति घर नपुगेपछि उनको खोजतलास गर्ने क्रममा जङ्गलमा उनले लगाएको चप्पल भेटिएको थियो । चप्पल भएकै ठाउँभन्दा केहि पर बाघको पञ्जाको डोव र मृतकको मोबाइल भेटिएको प्रहरीले जनाएको छ । 

धाँगडको अधिकांश भाग बाघले खाइसकेको अवस्थामा फेला परेको थियो । उनको गर्दनको छाला नभएको मासु र हड्डी, दाहिने घुडादेखि तलको खुट्टा, छाला नभएको खप्पर फेला परेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु