समाचार

भक्तपुरमा मृत भेटिए नेपाल प्रहरीका सई

जगत ठाडा मगर
२०८० पुस ८ | मध्यान्ह १२:०९ बजे

काठमाडौं, पुस ८ । भक्तपुरमा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् । आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका – ८ सिपाडोल टौखेलस्थित आफ्नै घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले ४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेको जानकारी दिए ।उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए ।

उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको थियो । उनको मृत्युको कारण खुलिनसकेको छैन प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । पोष्टमर्टमको लागि घिमिरेको शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको छ ।

कमेन्टहरु