मकवानपुरमा सडेको अवस्थामा पुरुषको शव फेला

जगत ठाडा मगर
२०८० पुस ८ | बिहान ०८:०९ बजे

हेटौँडा, पुस ८ । मकवानपुरको बकैया गाउँपालिका–२ स्थित सरस्वती सामुदायिक वनमा एक जना पुरुषको शव फेला परेको छ । शनिबार सामुदायिक वनको वतासेडाँडास्थित भीरबाट करिब ३ सय मिटर तल अन्दाजी ६५ वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
अपरिचित व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर सोही वडाका वडाध्यक्षबाट पाएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार शवको शनाखत हुन नसकेको छैन । शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























