स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने एक व्यक्ति प्रहरीको नियन्त्रणमा


पर्सा । बीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने पक्राउ परेका छन ।
उनलाई कानूनविपरीत क्रियाकलाप गरेको भनी पीडित पक्षको जाहेरी दरखास्तको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१० घडिअर्वा बस्ने बर्ष २४ का
सौरभ साहलाई पक्राउ गरेको हो ।
उनले आफूलाई सञ्चारकर्मी तथा समाजिक अभियन्ता भनी Y.O.B. नामको फेसबुक ग्रुपपेज समेत चलाउने पाईएको छ । उनलाई आज बी.म.न.पा.८ बाट नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूरमा उल्लेखित मितिमै दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो ।























