बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

जगत ठाडा मगर
२०८० पुस ७ | मध्यान्ह ०३:०९ बजे

बुटवल, पुस ७ । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीका अनुसार आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो । उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको एसपी शाहीले जानकारी दिए ।
मृतक बालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।























