समाचार

राप्रपा अध्यक्ष लिङ्देन हङकङ प्रस्थान

जगत ठाडा मगर
२०८० पुस ७ | मध्यान्ह ०३:०९ बजे

काठमाडौँ, पुस ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा लिङ्देन आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । 

उनले त्यहाँ आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्नुका साथै हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्बे कार्यक्रम रहेको छ । अध्यक्ष लिङ्देनसँगै भ्रमण टोलीमा राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाजका आइसिसि अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी रहेका छन् । 

हङकङ प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् । उनको टोली पुस १२ गते स्वदेश फर्कर्नेछन् । 

कमेन्टहरु