चितवनमा बिजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर दुईजना गम्भीर घाइते

जगत ठाडा मगर
२०८० पुस ७ | बिहान १०:०९ बजे

चितवन, पुस ७ । चितवनको भरतपुर महानगरपालिका–२ आँपटारीमा बिजुलीको तार चार्ने क्रममा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् । घाईते हुनेहरुमा भरतपुर महानगरपालिका–२ रआँपटारीका प्रकाश नेपाली र सुनिल खनाल रहेका छन ।
घाइतेहरुको चितवन मेडिकल कलेजको आइसियूमा उपचार भइरहेको छ । उनीहरुको अनुहार जलेको छ । उनीहरुलाई उपचारको लागि गएराति १ बजे सिमएसी पु¥याइएको थियो ।























