सुनसरीमा बृद्धद्वारा बालिकालाई बलात्कार

नवलपुर टुडे
२०७८ जेष्ठ १९ | मध्यान्ह ०२:०२ बजे

सुनसरी । ६७ वर्षीय पुरुषले ९ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छ् ।
९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–३ सुनौलो टोल बस्ने ६७ वर्षीय भबिराज दमाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भबिराजले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।
घट्ना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।























