समाचार

काठमाडौँ महानगरभित्रका विद्यालयमा अनुशासन इन्चार्ज राख्न नपाइने

जगत ठाडा मगर
२०८० पुस ६ | मध्यान्ह ०५:०९ बजे

काठमाडौँ, पुस ६ । काठमाडौँ महानगरपालिकाभित्र संचालित विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएको छ ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार एक सूचना जारी गर्दै केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको र डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै त्यस्तो नराख्न सचेत गराएको हो ।

विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको सूचनामा उल्लेख छ ।

DI notice

कमेन्टहरु