समाचार

म्याद थपका लागि अदालत लैजाँदै गर्दा अभियुक्त फरार

जगत ठाडा मगर
२०८० पुस ६ | मध्यान्ह ०५:०९ बजे
प्रतिकात्मक तस्बिर

सिरहा, पुस ६ । सिरहामा बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका अभियुक्तलाई म्याद थपका लागि अदालत लगिँदै गर्दा फरार भएका छन् ।

बिहीबार बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका ३६ वर्षीय छोटु सदाय मुसहरलाई शुक्रबार म्याद थपका लागि जिल्ला अदालत सिरहा लगिँदै गर्दा ईलाका प्रहरी कार्यालय लहानको गाडीबाट हाम फालेर फरार भएका हुन् ।  

सरकारी वकिल कार्यालय नजिक रोकिराखेको गाडीबाट म्याद थपको लागि ओर्लिने क्रममा हत्कडी फुकाल्दा सदाय हाम फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

डीएसपी पाण्डेका अनुसार फरार सदायको खोजी भइरहेको छ ।

कमेन्टहरु