समाचार

५ चिनियाँ जहाज बेच्दै नेपाल एयरलाइन्स

जगत ठाडा मगर
२०८० पुस ५ | बिहान ११:०९ बजे

काठमाडौँ, पुस ५ । नेपाल एयरलाइन्सले ५ चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको छ । चीनबाट ल्याएर सञ्चालन सुरु गरेदेखि अर्बौं रुपैयाँको घाटा भएपछि बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।

एयरलाइन्सले आज २ वटा एमए–६० जहाज र ३ वटा वाई–१२ ई विमान बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । बोलपत्रमा आवेदन दिने अन्तिम मिति २०२४ को फेब्रुअरी ४ सम्म तोकिएको छ । ‘इच्छुक कम्पनीहरुलाई जहाज किन्न आवश्यक डकुमेन्टसहित आवेदन खुलाएको छ,’ एयरलायन्सले भनेको छ, ‘कूल ५ जहाजको बिक्री अक्सनमार्फत हुनेछ ।’

यस्तै, आएका सम्पूर्ण आवेदनलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने अधिकार एयरलाइन्ससँगै रहेको समेत बताइएको छ । चिनियाँ जहाज ल्याएपछि निगमलाई ५ जहाजले कूल १ अर्ब ९० करोडभन्दा धेरै घाटा दिइसकेको छ । सञ्चालन गर्दा आम्दानीभन्दा धेरै खर्च आउने भएपछि उडान भरिएको छैन ।

कमेन्टहरु