दुर्घटना

नवलपुरमा जेसिबी लोड गरेको टेलर दुर्घटना हुँदा २ जना घाइते

नवलपुर टुडे
२०८० पुस ५ | बिहान ०८:०९ बजे

नवलपुर, पुस ५ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका – ११ गडरखोला नजिकै टेलर गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा.प्र.०३-००१ क ०६५५ नम्बरको जेसिबी लोड टेलर गाडी आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा जेसिबी चालक मुगुको खतरे गाउँपालिका – ३ का २६ वर्षीय बृचन कामी र टेलर गाडीको सहचालक जुम्लाको कनका सुन्धरी गाउँपालिका – ८ का २२ वर्षीय चानस कुमार कामी घाइते भएका छन् । उनीहरूको उपचारको लागि भरतपुर चितवन पठाएको नवलपुर प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनापश्चात् टेलर चालक र जेसिबी सहचालक भने फरार रहेका छन् । उनीहरुको खोज तलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु