समाचार

सिंहदरबारको दक्षिणी गेटबाट बिनु यादव पक्राउ

जगत ठाडा मगर
२०८० पुस ४ | मध्यान्ह ०२:०९ बजे

काठमाडौँ, पुस ४ । प्रहरीले बिनु यादवलाई पक्राउ गरेको छ । उनलाई सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको हो।

आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँदै उनी सिंहदरबारको दक्षिणी गेटमै धर्नामा बस्न लागेपछि पक्राउ गरिएको हो । नागरिकसम्बन्धी विषय लिएर गृह मन्त्रालयमा पुगेकी उनी त्यहाँ आफ्नो कुरा सम्बोधन नभएपछि बाहिर निस्केर गेटमा धर्ना दिन खोजेकी थिइन् ।  

सोही क्रममा उनलाई पक्राउ गरेर वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । 

कमेन्टहरु