पूर्व सूचना तथा सञ्चारसहायक मन्त्री न्यौपानेको निधन

जगत ठाडा मगर
२०८० पुस ४ | बिहान ११:०९ बजे

सुर्खेत, पुस ४ । पूर्व सूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । न्यौपानेको ६५ वर्षको उमेरमा शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा निधन भएको हो ।
उनी लामो समयदेखि कलेजको समस्याबाट पीडित थिए । डाक्टरले केही दिनमा कलेजो प्रत्यारोपण गर्ने सल्लाह दिएका न्यौपानेको उपचारको क्रममा निधन भएको नेकपा एमाले कालीकोटका अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए ।
न्यौपानेको शव पशुपतिको शव चिस्यान कक्षमा राखिएको छ । उनकी श्रीमती नेपालगन्ज र छोरा दुबईबाट आएपछि २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।























