समाचार

नवलपुरमा भेटियो मानव कंकाल

जगत ठाडा मगर
२०८० पुस ४ | बिहान १०:०९ बजे
फाइल तस्बिर

नवलपुर, पुस ४ । नवलपुरको कावासोतीमा मानव कंकाल फेला परेको छ । मंगलबार दिउँसो करिब ४:२० बजेको समयमा कावासोती नगरपालिका – १७ बरौलीस्थित मुस्कान होटेल पछाडि खेतमा रहेको शिरुको झाङमा मानव कंकाल फेला परेको हो ।

कंकाल माथि सेतो धर्का परेको सर्ट र तल कालो कपडाले बेरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक साजन कुमार शर्माले जानकारी दिए ।

साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले निरीक्षक शर्माले बताए ।

कमेन्टहरु