समाचार

नवलपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

जगत ठाडा मगर
२०८० पुस ४ | बिहान १०:०९ बजे
फाइल तस्बिर

नवलपुर, पुस ४ । नवलपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट कावासोती नगरपालिका – १ लोकाहा स्याउली बस्ने वर्ष ४० को पुष्प परियार घाइते भएका हुन् ।

उनलाई आज बिहान करिब ८:२० बजे घर पछाडी बसिरहेको अवस्थामा अचानक गैंडाले आक्रमण गरेको हो । आक्रमणबाट घाइते भएका परियारलाई उपचारको लागि एलाईभ अस्पताल भरतपुर लगिएको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनको दायाँ हात भाँचिएको छ । अहिले घटनास्थलमा प्रहरी सहायक निरीक्षक ईन्दिरा महतोको कमाण्डमा ४ जनाको टोली खटि गई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु