रेशम चौधरीको मुदा फिर्ता सहित सरकार र थारु कल्याणकारिणी सभा बीच ६ बुद्दे सहमति


कृष्ण गिरी
काठमाडौ । रेशम चौधरीको मुदा फिर्ता सहित सरकार र थारु कल्याणकारिणी सभा बीच ६ बुद्दे सहमति भएको छ । देशका विभिन्न भागमा राजनीतिक अस्थिरता बढीरहेको वर्तमान घडीमा थारु आन्दोलनको संभावित अवस्थालाई ध्यान दिँदै सरकार लचिलो बनेका छन् ।
विगत लामो समयदेखि रेशम चौधरी रिहाईको माग राखी देशमा थारु समुदाय आन्दोलन गर्दै आएको अबस्थामा सम्मनित सर्वोच्च अदालतले रेशम चौधरीको रिहाई गर्ला नगर्ला तर रेशम चौधरी सहित थारुका अधिकांश समस्याको समाधानको लागि सहमति हुनु सकारात्मक पक्ष मान्न सकिन्छ ।
सिंहदरवारमा बसेको बैठकमा सरकार र थारु कल्याणकारिणी सभाबीच भएको सहमतिमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ र सभाको थरुहट थारुवान संयुक्त संघर्ष समितिका वार्ता टोली प्रमुख रुक्मणी चौधरीले सहमति जनाएका छन् ।
सहमतिमा टीकापुर घटनाका आरोपित रेशम चौधरी , धनिराम चौधरी, लक्षमण चौधरी लगायत माथी लगाएको सम्पूर्ण मुद्दा फिर्ताको सहमति भएको छ ।
सहमतिमा विगत थरुहट थारुवान आन्दोलनको क्रममा सहिद भएका परिवारमा राहत पुगाउने र आन्दोलनको क्रममा थारुमाथि भएको ज्यादतीको छानविन गरी दोषीलाई कानुनी कारबाही अगाडि बढाउने विषयमा समेत सहमति भएको हो ।
स्रोतका अनुसार थारु बाहुल्यता भएको ठाउँमा प्राथमिक शिक्षा थारु भाषाका माध्यमबाट अगाडि बढाउने सहमति हुनुका साथै विगतमा कमलहरी, कमैया, हलिया मुक्ति जस्ता बिषय प्रती गम्भीर भएर सरकार र शभा बीच सहमति भएको छ ।
सरकारका हरेक निकायमा आरक्षण थारुलाई दिने गरी विगतका सहमति रहेको विषयलाई प्रक्रियामा लिएर जाने सहमति भएको उक्त बैठकमा सरकारका तर्फबाट मन्त्री लीलानाथ श्रेष्ठ, सरकारी वार्ता टोलीका सदस्यहरू डा:राजन भट्टराई र भगवती चौधरी तथा थरुहटका तर्फबाट संयोजक प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी, चन्द्र प्रसाद चौधरीले हस्ताक्षर गरेका छन ।
श्रोत ,दिनेश खवर ।























