पानीमा डुबेर एक बालककाे मृत्यु

जगत ठाडा मगर
२०७८ जेष्ठ १८ | मध्यान्ह ०५:०२ बजे

ज्ञानेश्वर सहानी
नवलपरासी । पश्चिम नवलपरासीमा पाेखरीकाे पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सरावल गाउँपालिका वडा नम्बर २ तिलाैलिमा पाेखरीकाे पानीमा डुबेर एक बालकको मृत्यु भएको हाे ।
सरावल गाउँपालिका वडा नम्बर २ तिलाैलिका ८ वर्षीय बिकास राय चाैधरीकाे पाेखरीकाे पानीमा डुबेर साेमबार विहान मृत्यु भएको थियो ।
आफ्नै घरकाे पश्चिम पट्टी १०० मिटर पछाडि रहेको माछा पाेखरीकाे पानीमा साेमबार बिहान १० बजे डुबेका ती बालककाे जिल्ला अस्पताल पृथ्वीचन्द्रमा उपचारका क्रममा विहान ११ बजे मृत घाेषणा गरेको जिल्ला प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।























