प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, एक जना घाइते

असिम कामु
२०८० पुस ३ | मध्यान्ह ०५:०९ बजे

प्युठान, पुस ३ । प्युठानको प्युठान नगरपालिका – २ झारिवाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्युठान नगरपालिका – २ कै आरनेटाबाट दाखाक्वाडी जाँदै गरेको रा १ त २१८८ नम्बरको ट्याक्टर ओरालोमा ब्रेक फेल भएर दुर्घटना हुँदा सहचालक पाल्पाको रम्भादेवी गाउँपालिका–४ का २३ बर्षिय डम्बर सुनारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमाकान्त खनालले जानकारी दिए ।
दुर्घटनामा घाईते सुनारी मगरको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सोही दुर्घटनामा नौबहिनी गाउँपालिका–४ खवाङका १९ वर्षीय नविन मल्ल घाईते भएका छन् । उनको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।























