राष्ट्रिय सभा उपनिर्वाचनमा मतपत्र हाल्ने मतपेटिकामा कोरोनाको पिसिआर रिपोर्ट हालेपछि

नवलपुर टुडे
२०७८ जेष्ठ १८ | बिहान ०८:०२ बजे

काठमाण्डौं । हिजो सम्पन्न भएको लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनमा एक मतदाताले मतपत्र हाल्ने मतपेटिकामा कोरोनाको पिसिआर परिक्षण रिपोर्ट हालेर मतपत्र आफुसंगै लगेको पाइएको छ ।
पालिकाका प्रतिनिधि मध्ये एक जनाले मतपेटिकामा मतपत्र राख्नु पर्नेमा कोरोना परीक्षणको आफ्नो पीसीआर रिपोर्ट राखेको भेटिएको हो ।
निर्वाचन कार्यालयले निर्धारित समय भित्र दुई सय ९७ जनाले मतदान गरेको सार्वजनिक गरेको र अन्तिम मत परिणाम आउँदा २ सय ९६ मात्रै उल्लेख भए पछि उक्त कुरा पत्ता लागेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई ५२८ मतले हराउँदै गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ ।
विजयी पाण्डेयले चार हजार एक सय ४० मत प्राप्त गरेका थिए, भने चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत प्राप्त गरेका थिए ।























