सप्तरी नगरको मूल बाटो पोखरीमा परिणत भए


बिनोद मण्डल
सप्तरी । जनताको गास बास र कपासको ग्यारेन्टी नैतिक आधारमा सरकारले गर्नुपर्ने हो । हरेक किसिमका परिवर्तन राज्यले जनताको चाहना बमोजिम गरेको हुन्छ तर सरकार गैर जबाफदेही बनिदिदा जनताले सास्ती भोग्नु पर्ने वाध्यता उत्पन्न हुने स्थिति सिर्जना हुनथाल्छ ।
गणतन्त्र नेपाल घोषणा भएपछी सिंहदरवार जनताको घर आँगनमा हुने चाहना स्थानिय सरकार आइसकेपछि कति पूरा भए ? लकडाउन र बेमौसमी वर्षाको समयमा देशका विभिन्न भागको सडकको कारुणिक दृश्यले प्रमाणित गरेको स्थिति छ ।
हतारमा बजेट पास गरेर अनेकन बहानामा उम्किने बानी परेका स्थानिय सरकारको सस्तो लोकप्रियताको बारेमा अाम जनता परिचित छन् ।
सप्तरीको बोदेबरसाइन नगरपालिकाको चरम लापरवाही यतिबेला प्रस्टिएको हो । वडा नं ८ काचन दास टोलको मुलसडकको वास्तविक अबस्था हेर्दा वडा अध्यक्ष लक्ष्मी शाह र मेयर आतेश कुमार सिंह कति जबाफदेही छन भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । बेलामा ध्यान नदिँदा उत्पन्न हुने यस्ता स्थानिय समस्याको जबाफदेही तिनै स्थानिय सरकारले लिनुपर्छ ।
स्थानिय जनताको घर आँगन अगाडि मुलबाटोमा पोखरी बन्दा बालबालिका डुब्ने र आवत जावतमा उत्पन्न हुने समस्याप्रति सरोकारवाला निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।























