सर्वाङ्ग अस्पाताले सरकारले निर्धारण गरेको शुल्क लिएर कोभिड -१९ को उपचार गर्दैछ, केही मिडिया र ब्यक्तिले भ्रम छर्यो, अध्यक्ष सुशील खनाल


काठमाण्डौँ । विश्वभर महामारिको रुपमा पैलीरहेको कोरोना भाईरसले अहिले विश्वमा नै आतंक मच्चाइरहेको छ । यसै विच हस्पीटलहरुले आ–आफ्नैै ठाँउबाट स्रोतको र साधन सदुपयोग गरेर आफ्नो स्थरबाट यस भाईरस संग लडिरहेका छन् ।
दिनरात स्वास्थ्यकर्मिहरुले बिरामीको सेवा गर्दे आएका छन् । सच्चै भन्ने हो भने अहिलेको यस्तो महामारीको अबस्थामा कोरोनाका बिरामीका लागी स्वास्थ्यकर्मिहरु भगवान जस्तै नै भएका छन । तर,उपचारको क्रममा कति अस्पतालहरु आलोचनामा पनि परेको पाइएको छ, आलोचनामा पर्ने अस्पताल मध्य सर्वाङ्ग पनि एक हो ।
सर्वाङ्ग हस्पीटलले चर्को शुल्क लिएको आरोप लागेको छ । सर्वाङ्ग अस्पतालले चर्को शुल्क लिएको भन्दै केहि मिडिया र ब्यक्तिहरुले सामाजीक संजालमा गलत अफवाह फैलाएको भन्दै सर्वाङ्ग हस्पीटलका अध्यक्ष सुशिल खनाल आपती जनाउनु भएको छ ।
सर्वाङ्ग अस्पाताले कोभिडको दोस्रो लहर सुरुभए संगै अस्पतालले तोके जति नै रकम लिएर स्रोतको र साधन सदुपयोग गरेर आफ्नो स्तरबाट उपचार गदै आएको छौ तर, केहि ब्यक्तिहरुले सामाजीक संजालमा गलत अफवाह फैलाएको अध्यक्ष खनालको भनाई छ ।
उहाले अस्पतालले तोके जति नै रकम लिएको र चर्को शुल्क लिएको भन्ने एउटा भ्रम फैलाएको र यस्तो भ्रममा नपर्न र सत्य तथ्य बुझ्नलाई अनुरोध गर्नु भएको छ ।
सुरुवातमा कोभिडको उपचार गर्नै दक्ष जनशक्ती लगाएतको अभावका कारण निकै कठिन भएको पनी उहाले सुनाउनु भयो । हामीले धैरे बिरामीलाई निकोपारेर पठाएका छौ सबैको राम्रो प्रतिकूूया आएको छ ! उहाले भन्नुभयो ।
केहि मिडियाहरुको गलत अफवाह भन्दा पनि सत्य के हो त्यसमा ध्यान दिन पर्नै उहाले बताउनु भयो ।
उहा आफै पनी समाज सेवी रहेको र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभाग संगको सम्झौतामा २७० बेडको अत्याधुनिक स्थरको आइसलेसन सेन्टर ना.न.पा वडा नं १ रानी वन स्थित सहरि बिकासको भवनमा सञ्चालन गर्दै आएको र नि:शुल्का खान बस्न र उपचार लगाएतका कार्य गर्दे आएको उहाले बताउनु भयो ।उहाले सर्वाङ्ग हस्पीटलबाट आएको आर्थिक रकम त्यसमै लाग्ने पनि बताउनु भयो ।
निजि अस्पताल भएका कारण केहि मात्रमा बढि रकम भए पनि आइसलेसन सेन्टरमा खर्च हुने उहाले सुनाउनु भयो । आइसलेसन सेन्टर संक्रमितको सम्पुर्ण उपचार निशुल्का गर्र्दै आएको बताउनु भयो । केहि मानीसहरुले गलत नियतले अफवाह फैलाए भन्देै उहाले स्पष्ट र्पानुभयो ।























