देश

भुराबाल मूलतः मधेसी बहुजनका विरोधी हुन, ओली पनि पूर्णरूपमा मधेस विरोधी नै हुन्(हरेक मधेसीले बुझ्नै पर्ने)

जगत ठाडा मगर
२०७८ जेष्ठ १८ | बिहान ०७:०२ बजे

राजकिशोर रजक

काठमाडौ । मधेसी समुदायले दशकौंदेखि शोषण, विभेद, अत्याचार भोगिरहेका छ । राज्यसँगको असन्तुष्टिलाई मधेसले विभिन्न रूपमा अभिव्यक्त गर्दै आएको छ । मधेस आन्दोलनमा कैयौंले सहादत पाए, सयौं अङ्गभङ्ग भए, तर पनि मधेसले ठोस रूपमा उपलब्धि हासिल गर्न सकेन ।

सम्झौतामाथि सम्झौता भए । आन्दोलनबाट प्राप्त उपलब्धि अन्तरिम संविधान २०६३ मा लिपिबद्ध त भए, तर नेपालको संविधान २०७२ मा फेरि खोसियो । यसैले मधेसको मुद्दा ज्यूँ का त्यूँ अवस्थामा छ ।

आन्दोलनले स्थापित गरेको स्वायत्त मधेस प्रदेश, समानुपातिक समावेशी, नागरिकता, सेनामा सामूहिक प्रवेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण जस्ता मुद्दा आज पनि जहाँको त्यहीँ छन् ।

बारम्बार आन्दोलन गर्दा पनि मुद्दा स्थायी रूपमा सम्बोधन नहुनुको कारण के होला ? मेरो विचारमा, मुद्दा सम्बोधन नहुनुमा सिद्धान्त र व्यवहार दुवै जिम्मेबार छ । सामान्यतः व्यावहारिक रूपमा सबै विचारधारा मान्‍नेहरूमा कमी वा समस्या देखिन्छ । त्यो कुरा मधेसमा पनि लागू हुन्छ ।

खासमा मधेसको नेतृत्व नै मधेसको मुद्दाप्रति इमानदार देखिएन । मधेसलाई अधिकारसम्पन्न बनाउनुको सट्टा नेतृत्वले आन्दोलन, जनमत र सहादतलाई सत्तामा पुग्ने औजार मात्र बनाए ।

मधेस आन्दोलन काठमाडौंसँगको लडाइँ मात्र थिएन । मधेस आन्दोलन काठमाडौंले लादेको उपेक्षा, विभेद र अनागरिकको व्यवहारका साथै आन्तरिक सामाजिक अन्यायको विरुद्धमा पनि थियो । तर, त्यसलाई मुखरित हुन नै दिइएन ।

काठमाडौंबाट देखिने मधेस र मधेसभित्रको वास्तविक मधेस फरक छ । काठमाडौंले जहिले पनि मधेसलाई मधेसी ठालुको दृष्टिकोणबाट हेर्‍यो । मधेस परिकल्पित समुदाय हो, तर परिकल्पित समुदायभित्र जात व्यवस्थाको दर्जाबन्दी छ । धार्मिक रूपमा अलगाव छ । लैङ्गिक रूपमा ब्राह्मणवादी पितृसत्ता छ । वर्गीय रूपमा आर्थिक उत्पीडन छ । सामन्तवादी अवशेष कायमै छ ।

मधेस आन्दोलन काठमाडौंसँगको लडाइँ मात्र थिएन । मधेस आन्दोलन काठमाडौंले लादेको उपेक्षा, विभेद र अनागरिकको व्यवहारका साथै आन्तरिक सामाजिक अन्यायको विरुद्धमा पनि थियो । तर, त्यसलाई मुखरित हुन नै दिइएन ।

प्रदेश २ मा सबभन्दा ठूलो जनसंख्या मधेसी पिछडा वर्गको (५० प्रतिशत) छ । त्यसपछि १८ प्रतिशत मधेसी दलित छन् भने तेस्रो ठूलो जनसंख्या ओगटेका मुस्लिम ११ प्रतिशत छन् । यस्तै, मधेसी जनजाति ६ प्रतिशत, पहाडी जनजाति ५ प्रतिशत र पहाडी खस–आर्य ४ प्रतिशत छन् । सबभन्दा कम जनसंख्या मधेसी भुराबाल (भुमिहार, राजपुत, ब्राह्मण र कायस्थ) को छ, जो ३ प्रतिशत हाराहारीमा छन् । भुराबाल मधेसभित्रको वर्चश्वशाली समुदाय हो । जसको नेतृत्व मूलतः महन्थ ठाकुरले गर्दै छन् । मधेस विमर्शको नाममा आजसम्म भुराबाल विमर्श नै हुँदै आएको छ ।

अन्तरिम संविधानमा संघीयता अस्वीकार हुँदा तत्कालीन मधेसी जनअधिकार फोरमले संविधानको प्रतिलिपि जलाएर विरोध गर्दा उपेन्द्र यादव लगायतका नेताहरू पक्राउ परे । त्यसपछि सदियौंदेखि दमित असन्तुष्टि स्वतःस्फूर्त मधेस विद्रोहमा परिणत भयो ।

जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर ।
उपेन्द्रले जगाएको मधेस आन्दोलनमा हात सेक्नेहरूको सूची लामो छ । खासगरी कांग्रेस र कम्यूनिष्टको पाठशालामा पालित–पोषित तथा प्रशिक्षितहरू मधेस विद्रोहलाई कब्जा गर्न सफल भए । अन्ततः मधेस विमर्शलाई भुराबाल विमर्श बनाए । प्रदेशको राजधानीलाई भगवाकरण अर्थात् हिन्दुवादी रुझान अनुसार अघि बढाए । फासिवादी अजयसिंह बिष्टलाई रातो कार्पेटमा स्वागत गरे । कथित रामायण सर्किट परियोजनाको शुरूआत गरे । जानकी मन्दिरमा राष्ट्रिय स्वयंसेवक संघको परेड गराए ।

मधेस विरोधीको अंकमाल

मधेस विमर्शको केन्द्रमा धर्मनिरपेक्षवाद र सामाजिक न्याय थियो । भुराबालको साम्प्रदायिक हित ती दुवैमा हुने कुरै भएन । भुराबालको ‘बडी पोलिटिक’ मूलतः काठमाडौंसँग मधेसी हुने र मधेसीसँग भुराबाल हुने दोहोरो चरित्र हो, जसलाई मधेसी बहुजनले बुझ्‍न थालेका छन् ।

भुराबाल मूलतः मधेसी बहुजनका विरोधी हुन् । ओली पनि पूर्णरूपमा मधेस विरोधी नै हुन् । समावेशी र समानुपातिकका विरोधी हुन् । भुराबाल पनि मधेसमा समावेशी वा समानुपातिक प्रतिनिधित्व चाहँदैनन् । उदाहरण नै छ, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक दलित कोटाबाट राम प्रवेश बैठाको सीट हडपेको थियो ।

जब प्रदेश २ मा लालबाबु राउतले मुख्यमन्त्रीको सपथ लिँदै थिए, त्यतिवेला भुराबाल मनोवैज्ञानिक रूपमा क्रुद्ध थिए । उनीहरुले मुख्यमन्त्रीको सपथलाई अघोषित बहिष्कार गरे । उपेन्द्र यादवको धर्मनिरपेक्ष र सामाजिक न्यायको राजनीतिदेखि त्रस्त भुराबालहरूले आफ्नो हित केपी शर्मा ओलीमा देखे । मधेसलाई भगवाकरण गर्न अर्थात् हिन्दुवादी धार्मिक राष्ट्रवादमा ढाल्न ओली नै सबभन्दा उत्तम पात्र ठहर्‍याए ।

भुराबाल मूलतः मधेसी बहुजनका विरोधी हुन् । ओली पनि पूर्णरूपमा मधेस विरोधी नै हुन् । समावेशी र समानुपातिकका विरोधी हुन् । भुराबाल पनि मधेसमा समावेशी वा समानुपातिक प्रतिनिधित्व चाहँदैनन् । उदाहरण नै छ, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक दलित कोटाबाट रामप्रवेश बैठाको सीट हडपेको थियो । बैठाले अदालतमा न्यायको लागि गुहार गरे, तर पार्टीको दबाबमा मुद्दा फिर्ता लिन बाध्य पारियो । मधेसी अल्पसंख्यक (राजनीतिक रूपमा गलत) कोटामा राष्ट्रिय सभामा राजपाले भुराबाललाई नै पठायो । अर्कातिर, दोस्रो ठूलो जनसंख्या भएको दलितको लागि प्रदेश सरकारमा शून्य प्रतिनिधित्व हुनुले भुराबाल वैचारिकी के हो भन्ने प्रष्टै पार्छ ।

यो मामिलामा उपेन्द्र यादव अलि उदार देखिन्छन् । संघीयता आएपछिको पहिलो मुख्यमन्त्री मुश्लिमलाई बनाए । प्रदेश प्रमुख कायस्थलाई बनाए । प्रथम उपराष्ट्रपति झालाई बनाए । पहिलो प्रदेश प्रमुख न्यायाधिवत्ता झालाई बनाए । दलितको हकमा भने उपेन्द्र पनि उदार देखिएनन् । महन्थ ठाकुरले त कतिसम्म गरे भने, मौका मिल्दा सम्धी उमाकान्त झालाई प्रदेश प्रमुख (लुम्बिनी प्रदेश) बनाए । अनिल झाले श्रीमती डिम्पल झालाई प्रदेश सांसद र मन्त्री बनाए । उनीहरू परिवार र जातभन्दा माथि उठ्न सकेनन् ।

सीके लालको भनाइमा, भारतको प्रलोभनमा परेर महन्थहरूले मधेस आन्दोलनमा ‘फुलस्टप’ लगाए । यो कुरा केही हदसम्म साँचो हो । हामी सबैलाई थाहा छ, जनता समाजवादी पार्टी (जसपा) रातारात एकता भएको पार्टी हो । तत्कालीन राजपा र समाजवादी पार्टी फुटबाट जोगिन दक्षिणको सहयोगमा एक ठाउँमा आउन बाध्य भएका हुन् ।

सीके लालको भनाइमा, भारतको प्रलोभनमा परेर महन्थहरूले मधेस आन्दोलनमा फुलस्टप लगाए। यो कुरा केही हदसम्म साँचो हो । हामी सबैलाई थाहा छ, जनता समाजवादी पार्टी (जसपा) रातारात एकता भएको पार्टी हो । तत्कालीन राजपा र समाजवादी पार्टी फुटबाट जोगिन दक्षिणको सहयोगमा एक ठाउँमा आउन बाध्य भएका हुन् ।

अरु धेरै पार्टीबीचको एकता जस्तै यी दुईको एकताले पनि देखायो, नजिक हुँदैमा विचार मिल्छ भन्ने हुँदैन रहेछ । खासमा विचारसँग नजिक र टाढाको कुनै सम्बन्ध हुँदैन । त्यसमा पनि, जसपा त विचारशून्य पार्टी हो । विचार बलियो भएको भए महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नो जिल्ला छाडेर स्वजातीय बाहुल्य महोत्तरी र धनुषा भागेर जाँदैनथे होला । बाहिर जे भने पनि सारमा उनीहरू घोर जातिवादी हुन् । वर्तमान लोकतन्त्रले जातिको विनाश गर्नुको सट्टा जातिलाई आधुनिकीकरण गरेर यसको जरालाई झन् बलियो बनाएको छ । उक्त कार्यमा सवर्ण समुदाय सबभन्दा अगाडि छन् ।

महन्थहरू ओलीको शरणमा स्वविवेकले गएको देखिँदैन । यसको पछाडि दक्षिणको ठूलो भूमिका देखिन्छ । हिन्दुत्व फासिवादी प्रभाव प्रष्टै छ । भारतले नेपालको संविधानमा असन्तुष्टि जाहेर गरेको थियो । ओलीको खोक्रो राष्ट्रवादले दक्षिणसँगको दूरी बढेको थियो । ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको चुच्चे नक्सा जारी गर्‍यो, परिवर्तित नक्सालाई निशानछापमा राख्न संसद्‌मा दर्ता गरिएको संविधान संशोधन विधेयक सर्वसम्मतिबाट पास गराउन सफल भए । जसका कारण भारतसँग कुरा झनै बिग्रेको देखियो ।

जुन प्रतिनिधि सभाले नयाँ चुच्चे नक्सा पारित गरेको थियो, भारतले त्यसलाई ओलीकै हातबाट हत्या गराउन सफल भयो । त्यसमा महन्थहरू तटस्थ रहने नाममा ओलीकै पक्षमा उभिए । मधेसको समेत बलिदानीबाट देशले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्‍यो, तर महन्थहरू संघीयताविरोधी ओलीको पाउमा छाँद हाल्न पुगे । यसको पछाडि भुराबाल र दक्षिणको हिन्दुत्व राजनीतिको प्रभाव सहजै अनुमान लगाउन सकिन्छ । यो प्रभावको कम्पन संसद् विघटनसम्म मात्र नटुङ्गिएला, संविधान नै खारेज गर्नेसम्मको गन्ध महसूस हुँदै छ ।

जुन प्रतिनिधि सभाले नयाँ चुच्चे नक्सा पारित गरेको थियो, भारतले त्यसलाई ओलीकै हातबाट हत्या गराउन सफल भयो । त्यसमा महन्थहरू तटस्थ रहने नाममा ओलीकै पक्षमा उभिए । मधेसको समेत बलिदानीबाट देशले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्‍यो, तर महन्थहरू संघीयताविरोधी ओलीको पाउमा छाँद हाल्न पुगे । यसको पछाडि भुराबाल र दक्षिणको हिन्दुत्व राजनीतिको प्रभाव सहजै अनुमान लगाउन सकिन्छ ।
मधेसमा चिन्तकको अभावका कारण मधेसी बहुजनले विरोधी तर्क बुझ्‍न सकेका छैनन् । कारण, भुराबालहरू कलम र चिन्तनको कसाही सम्प्रदायका हुन् । जब कार्ल मार्क्सले ‘पूँजी’ लेखे, त्यसलाई मजदूरले सजिलै बुझे पनि ठूल–ठूला बुद्धिजीवीलाई बुझ्‍न गाह्रो पर्‍यो । किनकि किताब त मजदूरको पक्षमा थियो । त्यस्तै, भीमराव अम्बेडकरको किताब ‘जातिको विनाश’ दलित बहुजनले सजिलै बुझ्छन् । तर, सवर्ण भुराबालले आजसम्म बुझ्‍न सकिरहेका छैनन् ।

त्यसैले मधेसी बहुजनले भुराबालको भाष्य वा तर्कलाई पनि बुझ्‍ने प्रयास गर्नुपर्छ । मधेसी बहुजनको समस्यालाई भुराबालले नकारेको अवस्था छ । जब कार्ल मार्क्सको किताब ‘लुई बोनापार्टको अठारौं ब्रुमेयर’ छापियो, तब कसैले पनि त्यसको समीक्षा लेखेन । लामो समय मौनता रह्यो । त्यो सन्दर्भमा फ्रेडरिक एंगेल्सले ‘मौन रहनु कसैको पहिचान वा समस्या अस्वीकार गर्नु हो’ भनेर टिप्पणी गरेका थिए ।

एंगेल्सको भनाइ मधेसभित्रको मधेसी बहुजनको सन्दर्भमा पनि लागू हुन्छ, जसको अस्तित्वलाई भुराबालले चुपचाप बसिदिएर अस्वीकार गरिरहेको छ । यसै कारण कथित मूल धारको मधेस विमर्शमा दलित भूमिहीनता, कुपोषण, किसान, रोजगार, युवा, महिला, चक्रवृद्धि ब्याज, उठिबास, शृंखलाबद्ध हत्या, अपहरण आदि सवाल उपेक्षामा परिरहेको छ ।

त्यसैले काठमाडौंले मधेसलाई हेर्ने चश्मा बदल्नुपर्छ । मधेसलाई भुराबालको चश्माबाट हेर्नु र बुझ्नु सही दृश्य होइन । मधेसी बहुजन सामाजिक न्याय र धर्मनिरपेक्षताको पक्षमा खडा छ । सामाजिक न्याय भनेको धन, धर्ती र राजपाठमा मधेसी बहुजनको समानुपातिक हिस्सेदारी हो ।

काठमाडौंले मधेसलाई हेर्ने चश्मा बदल्नुपर्छ । मधेसलाई भुराबालको चश्माबाट हेर्नु र बुझ्नु सही दृश्य होइन । मधेसी बहुजन सामाजिक न्याय र धर्मनिरपेक्षताको पक्षमा खडा छ । सामाजिक न्याय भनेको धन, धर्ती र राजपाठमा मधेसी बहुजनको समानुपातिक हिस्सेदारी हो ।

धर्मनिरपेक्षाको विषयमा धेरै भ्रम छन् । यो खासमा मानव कल्याणसँग जोडिएको विषय हो । धर्मतन्त्रले मानव कल्याणलाई परलोकसँग जोडेर हेर्छ । कोरा रूपमा आस्था सिकाउँछ । जब कि धर्मनिरपेक्षताले मानव कल्याणलाई वर्तमान दुनियासँग जोडेर हेर्छ । तर्क गर्न सिकाउँछ । आस्था र तर्कको आधारमा मानव कल्याणलाई परिभाषित गरिँदै आएको छ । धर्मनिरपेक्षता आस्थालाई नकार्छ र तर्कलाई स्विकार्न भन्छ । राज्यले पनि नीति नियम तर्कको आधारमा बनाउनुपर्छ ।

धर्मनिरपेक्षता पश्चिमको आधुनिक विचार हो । विगतमा पश्चिममा सबभन्दा माथि चर्च हुन्थ्यो, त्यसपछि पादरी र सबभन्दा तल राजा हुन्थे । मानव कल्याणको व्याख्या चर्चले पादरीबाट गराउँथे । त्यसलाई पादरीले राजाबाट लागू गराउँथे ।

त्यो हिसाबले सत्ता पादरीको हातमा गयो । पादरी बिस्तारै भ्रष्ट हुन थाल्यो । पादरीको विरुद्ध आन्दोलन शुरू भयो । जसलाई क्याथोलिक चर्चभन्दा अलग प्रोटेस्टेन्टले नेतृत्व गर्‍यो । सामन्त क्याथोलिक पादरीको पक्षमा थिए, आम जनता चाहिँ प्रोटेस्टेन्टको पक्षमा । राजालाई दुवैले दबाब दिन थाले । पछि गएर राजाले धर्मनिरपेक्ष भएर के ठीक के बेठीक भन्ने निर्णय लिन थाले । त्यहीँबाट धर्मनिरपेक्षता संसारभर फैलियो ।

भुराबालको मानव कल्याणको ‘प्रोजेक्ट’ परलोकसँग सम्बन्धित छ । जब कि, मधेसी बहुजनको मानव कल्याण तर्कमा अधारित धर्मनिरपेक्ष राज्यसँग जोडिएको छ ।

(रजक अम्बेडकरी अध्येता हुन्।)

कमेन्टहरु